सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। वीरेन्द्र केएमका अनुसार रवीन्द्र मेहताको मंगलबार बिहान उपचारकोक्रममा मृत्यु भएको हो ।
काठमाडौँस्थित महाराजगञ्जमा रहेको शिक्षण अस्पताल (टिचिङ)मा उपचाररत रबिन्द्र मेहताको मृत्यु भएको हो। यसअघि सोही घटनामा घाइते भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भइसकेको थियो। रवीन्द्रको पनि निधन भएसँगै कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
गत आइतबार राति कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो ।
त्यस्तै, यही घटनाकाकारण सिराहामा समेत १ जनाको मृत्यु भइसकेको छ ।
फाइल तस्बिर







