सुनसरीको कप्तानगञ्जबाट फैलिएको द्वन्द्व तराइका अन्य जिल्लामा फैलिँदैछ । हाल उक्त हिंसाबाट जनकपुर र राजविराजमासमेत प्रभावित भएपछि कास्की प्रशासन चनाखो भएको छ ।
यसैबीच आज जिल्ला प्रशासन कार्यालय, कास्कीमा जिल्लावासी अगुवाहरुसँग प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बैठक आव्हान गरेका छन् ।
जिल्लामा शान्ति सुरक्षा, सामजिक तथा धार्मिक सद्भाव कायम गर्न प्रजिअ गुरुङ अध्यक्षतामा राजनीतिक दल, धार्मिक अगुवा, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, पत्रकार लगायतका सरोकारवालाहरुको सहभागिता रह्यो ।
जिल्लाका सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, सम्मिलित सर्वपक्षीय बैठकमा सहभागीले धर्म, सम्प्रदायको नाममा समाज विखण्डन नगरिने, एकापसमा सम्मान र सुमधुर सम्बन्ध कायम गर्ने बताएका छन् ।
प्रजिअ गुरुङले धार्मिक सहिष्णुतालाई कायम सबैले सम्मानपूर्वक बाँच्न पाउने र संविधानमा प्रदत्त अधिकारको उपभोग गर्न पाउने अधिकारको रक्षा गर्न प्रशासन दत्तचित्त रहेको बताए ।








