केप भार्डेका ‘नायक’ भोजिन्हा चिलीको क्लबबाट खेल्ने

विश्वकपमा केप भार्डेका नायक बनेका ४० वर्षीय गोलकिपर भोजिन्हाले चिलीको ठूला क्लब कोलो कोलोका लागि सम्झौता गर्ने भएका छन् । ‘भोजिन्हा कोलो कोलोका खेलाडी बन्ने तयारीमा छन् ।

‘उनी छिट्टै चिली आइपुग्ने छन्, आवश्यक मेडिकल परीक्षणहरू गर्नेछन् र त्यसपछि उनलाई स्थानीय मोनुमेन्टल स्टेडियममा प्रस्तुत गरिनेछ,’ कोलो कोलो क्लबका अध्यक्ष एनिबल मोसाले सञ्चारकर्मीसँग भनेका छन् ।

भोजिन्हाले विश्वकप च्याम्पियन स्पेनविरुद्ध समूह चरणमा गोलरहित बराबरीमा र उपविजेता अर्जेन्टिनासँग नकआउट चरणमा ३–२ को अतिरिक्त समयको हारमा वीरतापूर्ण प्रदर्शन गरेका थिए ।

गोलकिपर भोजिन्हाको पूरा नाम जोसिमार जोसे इभोरा डायस हो । उनी पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेसबाट खेल्थे । यद्यपि २६ वर्षको उमेरसम्म उनले पहिलो व्यावसायिक सम्झौतामा हस्ताक्षर गरेनन् । उनले साइप्रस, स्लोभाकिया, मोल्दोभा र अङ्गोलामा पनि खेले ।

Scroll to Top