‘दिल्ली एयरपोर्टमा मलाई बाराम्बार किन केरकार गरिन्छ ?’ – नाजिर हुसेन

नेपाली चलचित्र उद्योगका चर्चित अभिनेता नाजिर हुसेनले आफुलाई भारतको दिल्ली विमानस्थलमा सुरक्षाकर्मीले बाराम्बार विशेष सोधपुछका नाममा दुख दिएको बताएकाा छन् ।

सुरक्षाकर्मीले विशेष कक्षमा लगेर दोस्रो पटक पनि केरकार गरेको दुखी हुँदै उनले यसको कारण थाहा पाउनु पर्ने प्रश्न गरेका छन् ।

उनले भनेका छन् ‘पहिलो पटक त ठिकै हो तर दोस्रो पटक पनि केरकार गरियो, मैले कारण थाहा पाउनु पर्छ ।’

अभिनेता हुसेनले फेसबुकमा लेखेका छन्ः

दिल्ली एयरपोर्टबाट नेपाल फर्किदैँ गर्दा नेपाल एयर लाईन्सको जहाजको टिभीमा गुगल म्यापले लुम्बिनी देखाउँदा मैले सुरक्षित महसुस गरेको यो दोस्रो पटक हो।

भारतमा रहेको नेपाल राजदुतावासले आयोजना गरेको कार्यक्रममा मेरो चलचित्र गुन्यो चोलोको बिशेष प्रर्दशन गरेर फर्केको हामीमध्ये ( निर्देशक समुन्द्र भट्ट र दाई जनकदिप पराजुली )लाई भारतीय एयरपोर्टको सेक्युरेटीले केही पनि सोधपुछ गरेन ।

तर मलाई बिशेष कक्षमा लगी यस अघि झैँ प्रश्न सोध्यो ।

सेक्युरिटी : नेपाल क्युँ जा रहे हो ?

म: I’m going back home .

सेक्युरेटी : कितना पैसा है आपके पास?

म : I have no Indian currency with me.

अनि मैले इन्डिया किन गएको सबै भने ।

मैले पैले झैँ यस पटक पनि सोधेँ :-

मलाई किन बिशेष सेक्युरीटीमा ल्याईयो र यो सबै प्रश्न सोधियो?

जवाफ : कोही बात नहि !

यो मेरो प्रश्नको जवाफ होईन

यदि कोई बात नहि so why ?

मेरो पुरा नाम मोहमद नाजिर हुसेन

यदि मेरो नामको कारणले हरेक पटक रोकिन्छु , अनि बिशेष कक्षमा लगेर केरकारमा पर्छु भने यो गलत हो ।

यदि होईन भने , मैले कारण थाहापाउनु पर्छ ।

पासपोर्ट स्क्यान गर्दा , ब्यक्तिको बारेमा सिस्टममा जानकारी पक्कै देखाउछ होला नि ?!

पहीलो पटक यसरी नै सोधपुछ गर्दा ठिकै छ जस्तो लागेको थियो ।

तर दोस्रो पटक ठिक लागेको छैन …….

Scroll to Top