जनकपुरमा हर्क साम्पाङका कार्यकर्ता लखेटिए

अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई स्वागत गर्न जानकी मन्दिर पुगेका श्रम संस्कृति पार्टीका कार्यकर्ताहरु लेखेटिएका छन् ।

हिन्दु सम्राट सेनाका समर्थकहरुले श्रम संस्कृति पार्टीका कार्यकर्ताहरुलाई जानकी मन्दिर प्रवेशमा रोक लगाएका हुन् ।

अध्यक्ष साम्पाङ आज जानकी मन्दिर दर्शनका लागि जनकपुर जाने तय भएको थियो । उनी आउने भएपछि उनलाई स्वागत गर्न श्रम संस्कृति पार्टीका कार्यकर्ता तथा समर्थकहरु जानकी मन्दिर पुगेका थिए ।

विगतमा गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको भन्दै साम्पाङ निषेध गरिएको हिन्दु सम्राट सेनाका समर्थकहरुले बताएका हुन् । घटना बिभिन्न भिडियोहरु सामाजिक सञ्जालमा पोस्ट भइरहेका छन् ।

त्यस्तै हर्क साम्पाङले पनि जानकी मन्दिरमा आफ्ना श्रमदाताहरुमाथि दुर्व्यहार भएको बताएका छन् । उनले लेखेका छन्, ‘जानकी मन्दिर परिसरमा हाम्रा श्रमदाताहरुलाई दुर्व्यवहार भएछ ! त्यसैले मन्दिर दर्शन गर्न नसक्ने भैयो आज ! कुनै दिन जानकी देवीले दर्शन दिनुहोला !’

त्यस्तै उनले गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको आफूले देखेको पनि बताएका छन् ।

Scroll to Top