तथ्यांक कार्यालयले माग्यो करारमा १८० कर्मचारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्यांक कार्यालय, थापाथलीले करार सेवामा जनशक्ति माग गरेको छ ।

कार्यालयले सोमबार सूचनामार्फत राष्ट्रिय आर्थिक गणना, २०८२ को संकलित फारामहरूको कोडिङ, एडिटिङ र तथ्यांक प्रविष्टि (डाटा इन्ट्री) कार्यका लागि कर्मचारी आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त फाराम भर्नुपर्ने कार्यालयले जनाएको छ ।

Scroll to Top