गण्डकीमा ‘गाँजा विधेयक’: प्रदेश सभाको हातमा अन्तिम निर्णय

गण्डकी प्रदेशमा चलेको गाँजालाई वैधानिकता दिन बहसको विधेयक अब प्रदेश सभाबाट पारित हुने संघारमा पुगेको छ ।

गाँजालाई औषधि र उद्योगमामात्र प्रयोग गर्न दिने विधेयक प्रदेश सभाको अर्थ तथा विकास समितिबाट पारित भएको छ ।

अब विधेयकलाई टुंगोमा पुर्याउन प्रदेश सभामा पेस गरिने छ ।

प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालका अनुसार गाँजा विधेयकमा समितिमा छलफल भएपछि पास गरिएको हो । उनले विधिसम्मत गराउने, त्यसबाट हुने नकारात्मक प्रभावलाई कम गराउने प्रयास स्वरुप लामो समय छलफल गरिएको जानकारी दिए ।

‘त्यसलाई कसरी राम्रो विधेयक बनाउने भन्नेमै थियो । संघलाई पनि प्रदेशले कस्तो बनाएको छ । मुख्य कुरा त त्यसबाट हुने हानिबाट कसरी बाच्ने भन्ने नै थियो । शुक्रबार समितिमा १४ जना नै उपस्थित भएर विधेयक पास ग¥यौं,’ सभापति अर्यालले भनेका छन् ।

यसअघि ०८२ कात्तिक २४ गते दर्ता भएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती ९नियमन तथा व्यवस्थापन० सम्बन्धी विधेयक सदनमा छलफलपछि दफावार अध्ययनका लागि समितिमा पठाइएको थियो ।

समितिमा छलफलमा विधेयक संघीय लागुऔषध (नियन्त्रण) ऐन, २०३३ सँग बाझिने सम्भावनाका कारण लामो समयदेखि अघि बढ्न सकेको थिएन ।

छलफलमा विधेयकमाथिको छलफलका क्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधिले गाँजा तथा भाँगो खेतीलाई नियमनसहित वैधानिक बनाउनुपर्ने धारणा राखेका थिए ।

Scroll to Top