पोखराको नदीपुरस्थित श्री ज्ञानभूमि माविलाई बाबा फाउन्डेशनले विविध सहयोग गरेको छ ।
सोमबार विद्यालयमा आयोजित कार्यक्रममा फाउन्डेसनले करिब १ सय विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको छ । त्यस्तै, १८ विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको फाउन्डेशनले जनाएको छ ।
साथै, विद्यालयलाई भलिबल, फुटबल जालीलगायतका सामग्री र डस्टबीन वितरण गरिएको हो ।
फाउन्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठको सभापतित्वमा भएको सहयोग वितरण कार्यक्रममा फाउन्डेसनका सदस्य दिपक अधिकारी, विश्वनाथ पराजुली, टाइगर स्वामीसँगै पत्रकार कमल पौडेल ‘अथक’को सहभागिता रहेको थियो ।
उक्त अवसरमा अध्यक्ष श्रेष्ठले फाउन्डेशनकातर्फबाट विभिन्न सहयोग गर्दै आइरहेको जानकारी दिँदै आगामी दिनमा सेवालाई निरन्तरता दिने बताए ।
फाउन्डेशनको सहयोगप्रति कृतज्ञ रहेको बताउँदै विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम सापकोटाले आभार व्यक्त गरे ।








