गण्डकीका आर्थिक मामिलामन्त्री शेरचनले भने -‘२ अर्ब भनेकोमा क्षमा चाहन्छु’

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले बजेट भाषणका क्रममा बोलेको विषयलाई लिएर आज सभामा माफी मागेका छन् ।

पर्यटन तथा उद्योग मन्त्रालयका लागि छुट्याइएको बजेट ९२ करोड ४९ लाख रुपैयाँको सट्टा ‘२ अर्ब रुपैयाँ विनियोजन गरिएको’ पढेका थिए ।

मन्त्रीले पढेको भाषणको प्रतिमै २ अर्ब रुपैयाँ लेखिएको भए पनि बजेटको अनुसूचीमा भने ९२ करोड ४९ लाख रुपैयाँ मात्र उल्लेख थियो ।

‘मन्त्रालयको तर्फबाट भएको कमजोरीलाई आत्मसात् गर्दै क्षमा चाहन्छु,’ उनले प्रदेश सभा बैठकमा भने ।

Scroll to Top