गण्डकीको स्वास्थ्यमा ३ अर्ब ३१ करोड, सुत्केरीको हवाई उद्धारमा साढे ६ करोड

गण्डकी प्रदेशका आर्थिक ममिलामन्त्री जीतबहादुर शेरचनले स्वास्थ्यतर्फ आर्थिक वर्ष २०८३/८४ लाई स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

जसमध्ये रगतको निशूल्क उपलब्धता, क्यान्सर उपचारमा आर्थिक सहायता, जोखिममा परेका गर्भवती महिलाको हवाई उद्धारतर्फ ६ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ ।

बजेटमा मध्यविन्दू प्रादेशिक अस्पताल, नवलपुर र गोरखामा सीटी स्क्यान मेशिन खरिद गर्न ३ करोड ५० लाख विनियोजन गरिएको छ ।

त्यस्तै, प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल र गण्डकी आयूर्वेद अस्पतालको भवन निर्माणार्थ ६ करोड रुपैयाँ विनियोजन गरिएको आर्थिक मामिलामन्त्री शेरचनले जनाएका छन् ।

Scroll to Top