पोखरा । पोखराको सृजनाचोकमा सवारी दुर्घटना हुदा एक जनाको निधन भएको छ ।
आइतबार दिउँसो करिब ५ बजेको समयमा पोखराको मुख्य बजार क्षेत्र सृजनाचोक र सभागृहचोकको बिचमा भएको दुर्घटनामा परि नेपाल बिधार्थी संघका पुर्व केन्द्रीय सदस्य राजिब बांस्तोलाको निधन भएको छ ।
उनि नेपाली काँग्रेसको बिधार्थी संगठन नेपाल बिधार्थी संघमा लामो समय सक्रिय रहँदै यस अगाडी नेविसंघको केन्द्रीय सदस्यको जिम्मेवारीमा समेत थिए
आइतबार दिउँसो कास्की जिल्ला सहकारी संघमा आयोजित तालिम कार्यक्रममा सहभागी भएर फर्किने क्रममा पोखरा -८ सृजनाचोक नजिक बा. प्र. ०३- ००१ -क १६५० नम्बरको रेडी मिक्स्चर ( ब्लकर) ले साँझ साढे पांच बजेतिर ठक्कर दिएर उक्त दुर्घटना भएको थियो ।
उक्त गाडीले सडकमा एकै दिशामा गैरहेको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको कारण सडकमा लडेका बाँस्तोलालाई केहि मिनेटमा नै नजिकैको मेट्रोसिटि अस्पताल लागिएको भएपनि डाक्टरले मृत घोषणा गरेका थिए ।
बास्तोलाको शव पोस्टमार्टमको लागि पोखराको मणिपाल अस्पतालमा लागिएको छ सोमबार बिहान पोस्टमार्टम गरेपछि उनको अन्त्येष्टि गरिने भएको बताइएको छ।
कास्की जिल्ला ट्राफिक कार्यालयका अनुसार दुर्घटनामा परेका मोटरसाइकल र गाडी दुबैलाई वडा प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको र गाडी चालक मकवानपुर जिल्ला हेटौंडा घर भएका ४० बर्षका राजन अधिकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।







