साहित्यकार सरुभक्तको शल्यक्रिया भर्खरै सकिएको छ ।
मुटुको भल्भ ब्लकेज भएपछि सरुभक्तलाई उपचारार्थ काठमाडौं लगिएको थियो ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखिएका सरूभक्तको भर्खरै शल्यक्रिया सकिएको भाई महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
चिकित्सकले दिएका जानकारीअनुसार सरुभक्तलाई कम्तिमा ४-५ दिन भेटघाट गर्न नमिल्ने बताइएको छ ।
वरिष्ठ साहित्यकार सरुभक्त नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कूलपतिसमेत हुन् ।







