पोखरा महानगरलाई सवा ३ अर्ब अनुदान

सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमा पोखरालाई प्राथमिकता दिएको छ ।

पछिल्लो समय महानगरले आयोजना गरेको जनउत्तरदायी कामलाई प्रोत्साहन गर्ने उद्देश्यले सबैभन्दा धेरै अनुदान दिइएको आंकलन गर्न सकिन्छ ।

पोखराले कूल ३ अर्ब १८ करोड ९० लाख अनुदान पाएको छ ।

जसमा समानीकरण अनुदान ४९ करोड ६७ लाख, सशर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, समपूरक अनुदान ५ करोड ५० लाख र विशेष अनुदान १ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

Scroll to Top