जनप्रिय माविमा बुक फ्रि डेमा विद्यार्थी उत्साहित

पोखरा । जनप्रिय मावि सिमलचौर पोखरा ८ मा शुक्रबार भएको बुक फ्रि डेमा विद्याार्थीको सक्रिय सहभागिता रहेको छ । कक्षा १० का विद्यार्थीले व्यापार कला र कक्षा ९ जनरलका विद्यार्थीले विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम गर्दै कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई बुक फ्रिडे २०८३ मा सहभागिता गराएका थिए । साना विद्यार्थीलाई जुत्तामा पोलिस गर्ने, कपाल कोर्ने, चित्र बनाउने, गुडिया मिलाउने, दाँत ब्रस गर्ने, पजल गेम, चित्रमा रङ भर्ने, कपाल बाट्ेन, जुत्ताको तुना बाध्ने, टाई बाध्ने लगायत कक्षागत सिकाईका कार्यक्रम भएको थियो ।

विद्यार्थीको उमेर र क्षमता अनुसार नेपाली अनुलेखन, रङ भर्ने तथा कक्षा ५ देखिाट टाँक लगाउने, बत्ती कात्ने, कैची चलाउेन, धुप बनोन, दुना टपरी गाँस्ने, दुबोको माला बनाउने, फूलदानी निर्माण गर्ने, डम्बल निर्माण गर्ने लगायतका कार्य सम्पन्न भएको छ । विद्यालयले कामको संसार अभियान अन्तर्गत चिया, कफि बनाउने, चटपट बनाउने तथा खाजाको परिकार र शैक्षिक सामग्रहरु बिक्री गरेर व्यापारको कला सिक्ने अवसर जुटाएको कार्यक्रम संयोजक शिक्षक रामकुमार अधिकारीले जानकारी दिए । यसैबीच विद्यालयले बाद्यबाधनलाई समेत प्राथमिकता दिएको छ ।

पञ्चेबाजाको टोलीले कार्यक्रममा आएका अतिथिहरुलाई गेटदेखि स्वागत गर्दै सभाहलमा पुर्‍याएका थिए । विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य देवीप्रसाद त्रिपाठीको अध्यक्षतामा सुरु भएको औपचारिक कार्यक्रममा पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले विद्यालयको गतिविधि रोचक र प्रविधि मैत्री भएको भन्दै महानगरको सहयोग पूर्णरुपले रहने बताए । सभामा पोखरा महानगर शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले विद्यालयले रचनात्मक कार्यलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमलाले सिकेको सीपलाई व्यवहारमा उतार्न विद्यार्थीलाई आग्रह गर्दैै आधुनिक युगमा प्रविधिलाई पछ्याउन आग्रह गरे ।

अध्यक्ष धमलाले विद्यालयको आन्तरिक आम्दानी नभएको भन्दै न्युन स्रोत र साधनका कारण शैक्षिक गतिविधिमा थप टेवा नपुगेकोमा चिन्ता व्यक्त गरेका थिए । विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटीले स्वरोजगार जनशक्ति उत्पादन गर्ने अभियानमा जनप्रिय माविले विगत वर्षदेखि नै रचनात्मक कार्य गरेको बताए ।

प्रअ बस्तोकोटीले निःशुल्क कम्प्युटर शिक्षा तथा सीपका आधारमा विद्यार्थीलाई पठनपाठन गराउँदै आएको बताए । कार्यक्रममा वडा सदस्य पवित्रा केसी, सहायक प्रधानाध्यापक ऋषिराम अधिकारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष परशुराम बराल, इन्स्योर परियोजनाका प्रतिनिधि सन्देश श्रेष्ठ लगायतले विभिन्न धारणा राखेका थिए ।

शिक्षकहरु गायत्री सिग्देल, सुशिला सिग्देल, करुणा पौडेल, रञ्नना घिमिरे, भगवती पौडेल, संकल्प वस्ताकोटी, सरस्वती पौडेल, लक्ष्मी बराल, शिवप्रसाद गौतम सुमित्रा बराल, दुर्गा पौडेल, भेषराज गौतम, पुष्पा शर्मा, रमा बस्तोकाटी, कुन्तादेवी शर्मा, बासुदेव तिम्सिना, विष्णुहरि त्रिपाठी, नितु पौडेल, पदमप्रसाद सुवेदी, विकल बस्ताकोटी, सुरज बराल, रेवती बरुवाल, सुशिला गिरी, नवराज सुवेदी, धिरज थापा लगायत शिक्षक कर्मचारीले विभिन्न भूमिकामा कार्यक्रम सम्पन्न गराएको विद्यालयले जनाएको छ ।

Scroll to Top