पोखरा । सिटीवान टेलिभिजनले महिला अधिकारको सम्मान आत्मनिर्भरता र समृद्धीको अभियान विषयक राण्डटेवुल सम्पन्न गरेको छ ।
कार्यक्रममा सहभागी सवै जनप्रतिनिधी र मन्त्री तथा साम्सद महिलाहरुले एक महिला एक सिप अभियान संचालन गर्ने प्रतिवद्धता जनाएका छन् ।
आठौं राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको राण्ड टेवुल कार्यक्रममा कास्कीका सवै स्थानीय तहका उपाध्यक्षहरु, र गण्डकी प्रदेश अन्र्तगतको महिला मन्त्रालय सम्हालेका मन्त्रीहरुको सहभागिता रहेको थियो ।
मुख्य वक्ताका रुपमा पर्यटन तथा उद्योग मन्त्रालय गण्डकीका मन्त्री यशोदा रिमालले पेशा व्यवसायमा संलग्न नभएका घरेलु महिलाहरुको समृद्धीका र आर्थिक उत्थानका लागि यो वर्षको नीति तथा कार्यक्रम र वजेटमा विशेष सम्वोधन हुने जानकारी दिईन् ।
राउण्ड टेवुल कायक्रममा प्रतिवद्धता जनाउदै मन्त्री रिमालले प्रदेश भित्रका हरेक महिलालाइृ लक्षित गरि एक महिला एक शिप अभियान संचालन गर्ने वताईन् ।
कार्यक्रमको सहजकर्ता संचारकर्मी अनिशा श्रेष्ठले संघ र प्रदेश सरकारले के गर्ने हो भने महिला समानता सँगसँगै समृद्धी हासिल गर्न सकिएला, र तपाँईलाई साच्चिकै महिला समृद्धीको अभियानमा के गर्ने मन छ र गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा मन्त्री रिमालले प्रदेश भित्रको घरेलु र कुटिर उद्योगलाई वढावा दिदै महिलालाई पर्यटन र घरेलु उद्योगमा जोड्ने अभियान यो वर्ष विशेष अभियानका रुपमा संचालन गर्ने जानकारी गराएकी हुन् । महिलाहरुलाई प्राविधिक शिक्षा र रोजगारीमा जोड्ने भन्नेवारेमा विशेष योजना ल्याएर संघवाटै अभियान संचालन गर्नुपर्ने धारणा राखिन् ।
कार्यक्रमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले महानगरपालिकाको कार्यपालिकामा रहने अधिकतम सदस्यहरुको सोच विकास भनेको वाटो, नहर नालामा मात्रै केन्द्रित छन् । महिला र सामाजिक विकासमा गरिएको लगानी अनुत्पादक हुने भन्दै अति न्यून र सकभर वजेट नै विनियोजन नगर्ने सोचम अधिकतम कार्यपालिका सदस्यहरु रहेको गुनासो गरिन् ।
दोस्रो कार्यकाल पनि महानगरको उपप्रमुख भएको अनुभवका आधारमा यो वर्ष महिला र सामजिक विकासका लागि फरक तरिकाले काम गर्ने प्रतिवद्धता समेत जनाईन् । महिला वादी भएको लागेपनि ५१ प्रतिसतको हितका लागि सवै महिला एक हुन अनुरोध सहित महिला शसक्तिकरणका लागि सवैलाई हातेमालो गर्न अनुरोध गरिन् । ५१ प्रतिसत महिलालाई पछाडी छोडेर समृद्धी हासिल नहुने भन्दै सरोकारवालालाई यसवारेमा सोच्न समेत अनुरोध गरिन् ।
कार्यक्रममा पोखरा हस्तकला संघकी अध्यक्ष तथा महिला उद्यमी सिता गुरुङले हरेक वर्ष महिला उद्यमीको संख्या घट्दै गएकोमा दुख व्यक्त गरिन् । उद्योग वाणिज्य संघहरु, स्थानीय तह र प्रदेश सरकरले समेत महिला उद्यमीको हौषलाका लागि कार्यक्रमहरु संचालन गर्नु पर्ने धारणा राखिन् । सरकारी तवरवाट संचालन गरिएका शिपमुलक तालिमहरु देखाउनका लागि मात्रै गरिएको समेत आरोप लगाईन् । उनले तालिमको प्रभावकारिता र अनुगमनको अभावमा तालिम पश्चात् रोजगारीमा जोड्न नसकिने पनि उनको वुझाई थियो ।
कार्यक्रममा मादी गाउँपालिका कास्कीको उपाध्यक्ष कल्पना गुरुङले समान कामको समान ज्याला हुनु पर्ने कुरालाई नीतिगत रुपमै कडा रुपमा उल्लेख गर्नु पर्ने धारणा राखिन् । उनले पालिका ठुलो, दोहोरो वोझ र महिलाको शैक्षिक स्तरको पनि समस्याका कारण व्यवसायीक उद्यमी महिला उत्पादन गर्न कठिनाई परेको धारणा राखिन् ।
यस्तै रुपा गाउँपालिका कास्कीको उपाध्यक्ष लालसुव्वा गुरुङले महिलाहरुका लागि राम्रै लगानी गरेको भन्दै महिलालाई उद्यमी वनाउन दिर्धकालिन सोच र अभियान संचालन गर्नुपर्ने धारणा राखिन् । रुपा गाउँपालिकाको यो वषर््ाको वजेट यहि अभियानमा केन्द्रित हुने पनि उनको प्रतिवद्धता थियो ।
कार्यक्रममा अन्नपुर्ण गाउँपालिका कास्कीकी उपाध्यक्ष चन्द्रकला अधिकारीले महिलाले गरेका सवै काम र निर्णयमा पुरुषको हस्तक्षेप हुँदा समस्या आएको धारणा राखिन् । उनले पालिका भित्र र घर भित्र समेत महिलालाई कमजोर सोच्ने प्रवृद्धीको अन्त्य हुनेगरी सवै तहले नीति तथा योजना तयार गर्नु पर्ने धारणा पनि उपाध्यक्ष अधिकारको थियो । महिलामा लगानी गर्दा महिलाको आवस्यकता र निर्णय भन्दा पनि पुरुषकै ईच्छा सर्वोपरि हुने गरेको आरोप समेत लगाईन् ।
यस्तै कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष ईन्दिरा पौडेलले कास्कीमा महिला उद्यमीको अवस्था मध्यम स्तरको मात्रै रहेको धारणा राखिन् । उनले महिलाहरुमा घरेलु र शारिरिक हिंसाको सिकारमा पीडित भईरहेको भन्दै शिक्षा, चेतनाको स्तर, कानुनी कठोरता र समानताको कुरामा टोल स्तरवाटै अभियान संचालन गर्नुपर्ने धारणा राखिन् । संघ, प्रदेश र स्थानीय तहले समान रुपमा महिलामा लगानी नगरेसम्म महिलावाट हुने समृद्धीको अपेक्षा गर्न नसकिने पनि अध्यक्ष पौडेलको भनाई थियो ।
८ औ राष्ट्रिय महिला दिवसको यो बर्षको नारा महिला अधिकारको सम्मान, आत्मानिर्भरता र समुद्धिको अभियान रहेको छ । गण्डकी प्रदेशमा जम्मा २१ हजार ५ सय ५५ महिलाहरु उद्यमी छन् । जस्मा ७८ हजार ३ सय ३७ जना महिलाहरुले रोजगारी पाएका छन ।







