‘जेन-जी’ आन्दोलन भर्सेज अपराधः अभियन्ता रक्षा बम अनुसन्धानको घेरामा

राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन-जी’ अभियन्ता रक्षा बममाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगले अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानियाँ, असिममान बस्नेतमाथि समेत अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ ।

०८२ भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा उनीहरूले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिका कारण प्रदर्शन अराजक बनेको आयोगले जनाएको छ ।

राष्ट्रिय अनुसन्धान विभागले त्यति बेला उनीहरू प्रदर्शनमा सहभागी हुन सक्ने रिपोर्ट सरकारलाई बुझाएको पनि आयोगले उल्लेख गरेको छ ।

Scroll to Top