‘निजी तस्बिर सार्वजनिक गरिदिने’ भन्दै ब्ल्याकमेलको आरोपमा समिर पक्राउ

सामाजिक सञ्जाल मार्फत महिलालाई दुख, हैरानी दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका ११ घर भएका २३ वर्षीय समिर तामाङ छन्। सामाजिक सञ्जाल मार्फत महिलालाई दुःख, हैरानी दिएको उजुरीको आधारमा उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

टिकटक लगायतका सामाजिक सञ्जालमा महिलाको फोटो राखी ब्ल्याकमेल गर्ने तथा व्यक्तिगत फोटो भिडियो बाहिर ल्याई दिन्छु भनि धाकधम्की दिई पीडितबाट आर्थिक लाभसमेत लिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ती महिलाको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले तामाङलाई काठमाडौँ महानगरपालिका-१३ कलंकीबाट पक्राउ गरेको हो।

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Scroll to Top