पोखरामा प्याराग्लाइडिङ दुर्घटना, चिनियाँ नागरिक घाइते

पोखरा–१८ खपौंदी क्षेत्रमा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा दुर्घटना हुँदा एक चिनियाँ नागरिक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घाइते हुनेमा ६४ वर्षीय लि जिन मिन (LI-JIN-MIN) रहेका छन्।

प्रहरीका अनुसार ल्यान्डिङका क्रममा असन्तुलन हुँदा दुर्घटना भएको हो। घाइते भएका उनलाई तत्काल उद्धार गरी मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Scroll to Top