देशकै एकमात्र विद्यालय, जहाँ ‘एसईई’मा सबै फेल !

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित जनता माध्यमिक विद्यालयको नतिजा शून्य भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उक्त विद्यालयका १२ विद्यार्थी एसइईमा सहभागी भएकामा १२ जना नै अनुत्तीर्ण भएका हुन् ।
दश स्थानीय तह रहेको जिल्लामा ६५ दशमलव ४२ प्रतिशत विद्यार्थीले एसइई उत्तीर्ण गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाइले दिएको जानकारीअनुसार यस वर्ष अघिल्लो वर्षभन्दा १० दशमलव ७३ प्रतिशतले एसइईको नतिजामा सुधार आएको छ ।

गत वर्षको एसइईमा जिल्लाभर ५४ दशमलव ६९ प्रतिशत विद्यार्थीले मात्र एसइई उत्तीर्ण गरेका थिए । यस वर्ष जिल्लाका एक सय पाँच वटा माध्यमिक विद्यालयबाट दुई हजार ८५७ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए ।

Scroll to Top