जीएमसीका चिकित्सकको मृत्युले अस्पताल शोकमा, सहपाठी स्तब्ध

पोेखराको गण्डकी मेडिकल कलेज (जिएमसी)मा अध्ययनरत चिकित्सक डा. अमिर उप्रेतीको असामयिक निधनले अस्पताल शोकमग्न भएको छ ।

कलेजमा एमएस (ओटोलेरिंगोलोजी) दोस्रो वर्षमा रेजिडेन्ट डाक्टरका रूपमा कार्यरत डा. उप्रेतीको निधनले सहपाठीहरु स्तब्ध भएका छन् ।

उप्रेतीको पोखराकै एक रिसोर्टको पोखरीमा पौडी खेल्ने क्रममा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साथीहरूसँगै पौडी खेल्न गएका उप्रेतीको डुबेर ज्यान गएको हो । उप्रेती डुबेपछि सँगै रहेका साथीले उद्धार गर्ने प्रयास गरे पनि उनलाई बचाउन नसकिएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

मृतक उप्रेतीको शव पोस्टमार्टमपश्चात अन्तिम संस्कारका लागि परिवारलाई बुझाइसकिएको छ ।

यसैबीच, गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत एवं प्राचार्य प्राडा रबीन्द्रप्रसाद श्रेष्ठले शोक वक्तव्य जारी गर्दै डा. उप्रेतीको निधनले कलेज परिवार स्तब्ध भएको बताएका छन् ।

उनले मृतकको आत्माको चिर शान्तिको कामना गर्दै डा. गरिमा लगायत सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

Scroll to Top