मनाङमा विदेशी नागरिकको मृत्यु भएको छ ।
मनाङको डिस्याङ गाउँपालिका-६ गेनसाङ पुलस्थित सिङगापुरका नागरिकको मृत्यु भएको हो ।
अस्थायी प्रहरी पोस्ट टंकीबाट खटिएको टोलीका अनुसार मृत्यु हुनेमा सिङगापुरका ४२ वर्षीय पुरुष रहेको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिएका छन् ।
उनको मृत्युको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यद्यपि, उनको मृत्यु लेक लागेर भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
मनाङमा लेक लागेरै एक वर्षमा ११ जनासम्म पर्यटकको मृत्यु भएको तथ्यांक छ ।







