कांग्रेस प्रवक्ता पोखरा आए, सदस्यता ‘रिन्यू’ गरे

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे पोखरा आएका छन् ।

पार्टीले सञ्चालन गरेको जरा अभियान अन्तर्गत पार्टीको क्रियाशील सदस्यता नयॅा अभिलेखीकरण गर्न प्रवक्ता चालिसे यहाँ आएका हुन् ।

चालिसेले आज पोखरा महानगरपालिका वडा नं ८ मा पुगेर क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गरेका छन् ।

साथै, वडामा सदस्यता अद्यावधिक कार्यक्रमको औपचारिक सुरुवात गर्दै प्रवक्ता चालिसेले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउन यो अभियान सञ्चालन गरिएको जानकारी दिए ।

‘पार्टीलाई प्रविधिमैत्री बनाउँदै सबै कार्यपद्धतीलाई डिजिटलाईज्ड गर्न आवश्यक छ । समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ,’ प्रवक्ता चालिसेले भने, ‘त्यो अभियानमा म सहभागी भए । सबै साथीहरू सहभागी हुने अपेक्षा छ ।’

Scroll to Top