पोखरा विमानस्थल निर्माण अनियमिततामा पूर्वमन्त्री कार्कीसहित १४ विरुद्ध चलाइयो मुद्दा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्वअर्थसचिव शंकर अधिकारीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कार्की र अधिकारीसहित पूर्वसचिवहरू केवल भण्डारी, महेश्वर न्यौपाने, सुरेश आचार्य, बहालवाला सचिव डण्डुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी र सञ्जीव गौतम, चिनियाँ कम्पनी सीएमसी र त्यसका प्रतिनिधिविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

विमानस्थल निर्माणका क्रममा मूल सम्झौताविपरीत चिनियाँ ठेकेदार कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडलाई करछुट दिएको आरोपमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

प्रतिवादीविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ बिगो कायम गरिएको छ ।

हेर्नुहोस् विस्तृतमाः

Scroll to Top