हालै सम्पन्न नेपाल चिकित्सक संघ (एनएमए)को निर्वाचनमा गण्डकी प्रदेश उपाध्यक्षमा डा. यज्ञराज सिग्देल विजयी भएका छन् ।
डा.मंगल रावलको टीमबाट प्रतिष्पर्धा गरेका सिग्देलले ३ हजार १ सय २ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी डा. नवराज लम्डारीले २८ सय मत प्राप्त गरे ।
त्यस्तै, कर्णालीमा पनि टीम मंगलका डा. रबिन खड्काले जितेका छन् ।
सदस्यतर्फ टिम मंगलबाट डा. अमित झा र डा. पल्पसा श्रेष्ठले जितेका छन् ।
यसबाहेक टिम रिफर्मबाट डा. शेषराज घिमिरेले सदस्य जितेका छन् भने अन्य सम्पूर्ण पदमा डा. बद्री रिजाल नेतृत्वको प्यानलले भारी बहुमत ल्याएको छ ।







