पोखरा गोल्डकपमा आर्मीको जीत, भोली पुलिससँग फाइनल भिड्ने

पोखरामा शुक्रबारदेखि आयोजित ‘प्रथम पोखरा महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तरगत आज भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ

आर्मीले राजधानीको संकटा क्बललाई २ विरुद्ध ४ गोलले पराजित गरेको छ ।

खेलको पहिलो हाफमा १ गोलको अग्रता लिएको आर्मीले दोस्रो हाफमा संकटाको चुनौती झेल्न परेपनि अन्ततः जीत हात पारेको छ ।

जीतसँगै आर्मी प्रतियोगिताको फाइनलमा पुगेको छ ।

फाइनल खेल आइतबार अघिल्लो खेलको विजेता नेपाल पुलिस क्लबसँग दिउँसो ३ बजे पोखरा रंगशालामा हुनेछ ।

प्रतियोगितामा उपाधि विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी उत्कृष्ट खेलाडीले ३० हजार रुपैयाँ, अनुशासित टोलीले २५ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही १५–१५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

Scroll to Top