मानवसेवा आश्रम कास्की, हेमजाले श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको आयोजना गर्ने भएको छ ।
आश्रमले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमार्फत यही १९ देखि २६ गतेसम्म महायज्ञको तयारी गर्ने मिति सार्वजनिक गरेको छ ।
महायज्ञको मुल आयोजक समितिले १९ गते विष्णपादुका माईस्थान र अकलादेवी मन्दिरमा शोभा कलश यात्रामार्फत श्रीमद् भागवतको उद्घाटन गर्ने जानकारी दिएको छ ।
हाल हेमजामा निर्माणाधीन मानव सेवा आश्रमको भवनलाई पूर्र्णता दिन महायज्ञको आयोजना गरिएको जनाउँदै सोही परिसरमा रहेको लक्ष्मीनारायण मन्दिरलाई समेत पूर्णता दिइने बताइएको छ ।
त्यस्तै, महायज्ञबाट संकलित रकमबाट मुक्तिनाथ सेवा धर्मशालामासमेत आवश्यक बन्दोबस्त गर्ने योजनामा आयोजक जुटेको छ ।
पत्रकारमाझ आयोजकले दाताहरुलाई सहयोगअनुरुप सम्मान गर्ने, आश्रम परिसरमा नाम उल्लेख गर्ने आजीवना सदस्यता दिइनेलगायतको सेवा रहेको बताएको छ ।
हालसम्म हेमजामा मानव सेवा आश्रम र लक्ष्मीनारायण मन्दिरको करिब ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ ।
आश्रमले १३ वर्षदेखि सडक आश्रित सहयोगापेक्षीलाई आवास, शिक्षा र औषधोपचारको व्यवस्था गर्दै आएको छ ।







