लालीबजारलाई अदालतको तगारो ! प्रदर्शन रोक्न आदेश

बैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र लालीबजारको प्रदर्शन रोक्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले उक्त चलचित्रको प्रदर्शन रोक्न अल्पकालिन अन्तरिम आदेश गरेको हो ।

अदालतले २२ गतेसम्म चलचित्रको प्रदर्शन नगर्नु नगराउनु भी विपक्षीको नाममा अल्पकालिन अनतरिम आदेश दिएको हो । आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र जवाफ पेश गर्न भनिएको छ ।

‘यसमा के कसो भएको हो ? रिट निबेदकको निवेदन् मागवमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए, सोसमेत साथै राखी सूचना म्याद पाएको मितिले बाटाका म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र विपक्षी नं. १ र २ को हकमा उच्च सरकारी बकील कार्यालय, पाटनमार्फत तथा बाँकी विपक्षीहरुको हकमा आफौ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु भनी प्रस्तुत आदेश र निवेदनको प्रतिलिपिसहित विपक्षीका नाममा म्याद जवाफ परे वा अबधि व्यतित भएपछि नियमानुसार पेश गर्नु ।’ आदेशमा भनिएको छ ।

त्यस्तै अदालतले दुवै पक्षलाई छलफलको लागि बैशाख २२ गते पेश तोक्न भनेको छ ।

आदेशमा भनिएको छ ‘निवेदनमा उल्लेखित विषयवस्तुको गाम्भिर्यतासमेतलाई हेर्दा दुबै पक्षहरुवीच छलफल पश्चात् निर्णयमा पुग्दा उपयुक्त हुने देखिँदा अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा छलफलको लागि मिति २०८३।०१।२२ गतेको पेशी मिति तोकी पेशीको सूचना विपक्षीहरूलाई दिनुहोला।’

चलचित्रमा प्रस्तुत विषयमा आपत्ति जनाउँदै रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् । अदालतले बैशाख २२ गतेसम्म प्रदर्शन रोक्न आदेश दिएको छ ।

Scroll to Top