टोकियो । उत्तरी जापानको इवाटे प्रान्त नजिक प्रशान्त महासागर क्षेत्रमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का टोकियोसम्म महसुस भएको बताइएको छ ।
यससँगै ३ मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गरिएको छ । अधिकारीहरूले तटीय क्षेत्रका बासिन्दालाई तुरुन्तै सुरक्षित स्थान वा उच्च भूभागतर्फ सर्न आग्रह गरेका छन् ।
प्रारम्भिक छाल चाँडै आउन सक्ने र लगातार सुनामीको जोखिम रहने भएकाले सतर्क रहन भनिएको छ । सरकारले आपतकालीन टोली परिचालन गरी अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ।







