सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन वितरण गर्ने भन्दै भ्रामक समाचार फैलाइएको बताएका छन् ।
मन्त्रीहरुलाई आईफोन दिन लागेका समाचार आएपछि मन्त्री तिमिल्सिनाले खण्डन गर्दै यो भ्रामक भएको भन्दै प्रश्न गरेका छन्, ‘सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो ?’
उनले सरकार हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको बताउँदै नागरिकको करको पैसाको दुरूपयोग नगर्ने जनाएका छन् ।







