गण्डकी प्रदेशका एक सांसदले मन्त्री हुन नपाएको झोंकमा आज राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा नेपाली कांग्रेसका सांसद द्रोर्णकुमार कुँवर रहेका छन् । उनलेले बुधबार प्रदेशसभा सदस्य पदबाटै राजीनामा गरेका छन् ।
बागलुङ क्षेत्र नं. २ (२) बाट प्रत्यक्ष निर्वाचित उनी बुधबार गण्डकी प्रदेश सरकारका सदस्य फेरबदल हुँदा मन्त्री हुने दौडमा थिए ।
मन्त्री बन्न असफल कुँवरले सभामुखका नाममा पत्र लेख्दै सांसदबाट राजीनामा दिएका छन्। राजीनामा वैशाख २ गते अर्थात् आजैदेखि लागू हुने उल्लेख गरेका छन्।
राजीनामा पत्रमा उनले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचना गरेका छन्।
गण्डकीले आज ८ जना मन्त्री हेरफेर गरेको छ ।







