सृजनाको हत्या अभियोगमा थप २ अभियुक्त समातिए

पोखरामा गत बुधबार साँझ ४२ वर्षीया सिर्जना पौडेलको हत्या अभियोगमा कास्की प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत कुस्मा घर भई पोखराको जीरो बस्ने २४ वर्षीय वसन्त केसी र पर्वतकै फलेवास निवासी हाल लामाचौर बस्ने वर्ष २७ का नवराज पौडेल क्षेत्री रहेको जिप्रका कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

दुबै अभियुक्तलाई जिल्ला अदालत कास्कीबाट म्याद थपी अनुसन्धान अघि बढाइएको छ ।

यसअघि ४२ वर्षीया सिर्जना पौडेलको हत्यामा उनकै भाञ्जाको संलग्नता रहेको आरोपमा कास्की प्रहरीले मुख्य अभियुक्तकारुपमा सन्तोष भनिने २७ वर्षीय शिशिर केसीलाई बुटवल – २ को मनकामना टोलबाट पक्राउ गरिसकेको छ ।

केसीसँगै समातिएका अर्का अभियुक्त ३२ वर्षीय कुशल परियारले हत्यामा शिशिरको सहयोगीको भूमिका निभाएको प्रहरीको दाबी छ ।

पोखरा– ५ मालेपाटन बस्दै आएकी सिर्जना पृथ्वीचोकबाट सभागृहतर्फ जानेक्रममा उनीमाथि खुँडा प्रहार भएको र उपचाारकाक्रममा निधन भएको थियो ।

Scroll to Top