सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका शर्मा कँडेल सर्वसम्मत चयन भएकी छिन् ।
पोखरामा सोमबार भएको समूहको सातौं अधिवेशनबाट कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिवमा उमा आलेमगर र सचिवमा चन्द्रिका घिमिरे, कोषाध्यक्षमा बालकुमारी पौडेल निर्वाचित भएकी छिन् ।
समितिको सदस्यमा शोभा नेपाल, रिना थापा , कृष्ण श्रेष्ठ, विनाकुमारी थापा, सपना अधिकारी र देविका तामाङ निर्वाचित भएको निर्वाचन समितिका संयोजक हुमबहादुर तमुले जानकारी दिए ।
सोमबार भएको अधिवेशनको उद्घाटनपछि राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त दुर्गा भण्डारीले महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्नेमा जोड दिइन् । महिलाहरुले अझै पनि समाजमा विभेद, हिंसा र अन्याय सहनुपरेको बताउँदै यसका विरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेल, सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थी, उपाध्यक्ष बशन्ती बास्तोलालगायतले महिला पत्रकारसँगै समग्र महिलाहरुको हक हित र अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।







