पाटनमा हत्या गरिएका नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ र सुमित नेम्वाङको अन्तिम संस्कारको तयारी गरिएको छ ।

पाटन अस्पतालमा राखिएको उनीहरुको शवलाई पशुपतिनाथ मन्दिर परिसरमा दाहसंस्कार गर्न लागिएको हो ।

ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार गरी ३३ वर्षीय सुमित नेम्वाङ र २६ वर्षीय सिर्जन नेम्वाङको हत्या भएको थियो । झापाको कमल गाउँपालिका–६ स्थायी घर भएका नेम्वाङ दाजुभाइ ललितपुर बस्दै आएका थिए ।

फोनमा सामान्य विवाद भएपछि मासु पसल सञ्चालन गर्दै आएका सञ्जीव नेपालीले उनीहरुको हत्या गरेका थिए । प्रहरीले घटनाका मुख्य अभियुक्त नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Scroll to Top