सरकारले सुरक्षा निकायलाई सञ्चार प्रविधिसहित स्तरोन्नती गर्ने उद्देश्य अनुरुप नेपाल प्रहरीलाई सेवामा छरितो बनाउने काम सुरु गरेको छ ।
सरकारीको यही योजनालाई सफल बनाउन नेपाल प्रहरीले अबदेखि सेवाग्राहीलाई मोबाइलमै सूचना र आवश्यक जानकारी दिने भएको छ ।
मूलतः मुद्दा दर्ता हुने प्रहरी एकाइहरुसम्म सेवाग्राहीबाट प्राप्त हुन आएका उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्त आदि दर्ता भए पश्चात् त्यसको प्रगति के भयो र के-कसरी कार्यान्वयन भइरहेको छ भन्ने जानकारी लिन सहज हुने भएको छ ।
‘यस सम्बन्धमा सम्बन्धित सेवाग्राहीहरुले दिनुभएको सम्पर्क नम्बरमा फोन गरेर वा एसएमएसमार्फत सूचना दिने व्यवस्था लागू गरिएको व्यहोरा जानकारी गराउँदछौं’ नेपाल प्रहरीले जनाएको छ ।







