पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: विशेषको आदेशविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा गैरकानुनी लाभ तथा हानी पुर्‍याएको आरोपमा विशेष अदालतबाट भएका आदेशहरू बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक (हाल सेवानिवृत्त) पुण्यराज शाक्यसहितका प्रतिवादीहरूले मिलेमतोमा आयोजनाको स्वीकृत लागत अनुमान अस्वाभाविक रूपमा वृद्धि गरी आफूलाई गैरकानुनी लाभ लिएको र नेपाल सरकार तथा सार्वजनिक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरण लाई हानी पुर्‍याएको आरोप लगाएको छ।

आयोगका अनुसार विशेष अदालतबाट भएको आदेशप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णय बदर गरी प्रतिवादीहरूलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरिएको हो।

सोहीअनुसार आज सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।

Scroll to Top