पोखराको न्यूरोडमा ठ्याक्कै महानगरपालिकाको सामुन्ने छ शर्टिङ -सुटिङ् को शानदार शो रुम ‘कम्प्लिट गार्डेन ।’
जसले १८ वर्षदेखि पोखरेलीलाई स्मार्ट र ह्याण्डसम बनाइरहेको छ । यससँगै गिनेचुनेका सेलिब्रटीहरुको रोजाईमा पनि पर्ने कम्प्लिट गार्डेनले सबै तहका ग्राहकलाई आकर्षक र गूणस्तरीय सुट उपलब्ध गराइरहेको छ ।
गार्डेनले जति सुटलगायतका सामग्री बेच्दै गयो त्यति नै सन्तुष्टी र विश्वास जित्दै गएको धारणा छ प्रोपाइटर पोषराज पौडेलको । स्थापनाकालदेखि नै सुटका पारखीहरुको रोजाइमा परेको गार्डेनले पौडेललाई दामसँगै नाम पनि दियो ।
देश विदेशका स्तरीय ब्राण्ड उपलब्ध गराउने गार्डेनले समायानुकूल फेसन र ट्रेन्ड पच्छ्याउने गरेको पौडेलको दाबी छ ।
त्यही गूणस्तर र स्टाइलले ग्राहकको शरिर सजाएका पौडेल अब भने पुरै गण्डकीवासीको सपनाको घरलाई यथार्थमा सजाउने व्यवसाय लिएर अघि बढेका छन् ।
र, उनको व्यवसायको अर्काे फड्को हो ‘डिजिटल पेन्ट्स’ । गार्डेनबाट पेन्ट्समा आउँदा पौडेलको परिचय पनि बदलिएको छ । उनी अब कम्प्लिट ग्रूप प्रालिका चेयरम्यान भएका छन् ।
यही प्रालिले २० वर्ष अघिदेखि देशका अन्य सहरमा उपभोक्ताको विश्वास आर्जन गरेको डिजिटल पेन्ट्सलाई पोखराबाट गण्डकी प्रदेशका ९ जिल्लामा आक्रामक बजार विस्तार गर्दैछ ।
गण्डकी प्रदेशकै आधिकारिक बितरकको जिम्मा लिएको प्रालिले डिपो र वितरकलाई आकर्षक प्याकेज दिएर बजारीकरण सुरु गरेको चेयरम्यान पौडेल बताउँछन् । पोखराकै ३ स्थानबाट रंगको बिक्री सुरु गरेका पौडेल उपभोक्ताको प्रतिक्रियाबाट उत्साही भएको सुनाउँछन् ।
‘डिजिटल पेन्ट्स पूर्णतः जर्मन प्रविधिबाट उत्पादित रंग हो’ पौडेल भन्छन् ‘यसमा विविध श्रेणीका उत्पादन छन्, जसमा ७ देखि १२ वर्षसम्मको ग्यारेण्टी छ ।’ उक्त ग्यारेण्टी उपभोक्तालाई लिखितरुपमै दिइने उनले जनाए ।
डिजिटल पेन्ट्सका रंगहरु नै उपभोक्ताले किन छनौट गर्ने ? जवाफमा पौडेल भन्छन् ‘मूलतः रंगको गूणस्तरमा सम्झौता गरिएको छैन । र, यसको मूल्य बजारमा पाइने अन्य कम्पनीको तुलनामा न्यून छ ।’ न्यून मूल्यमा उच्च गुणस्तरको उत्पादन उपभोक्ताले पाउने उनको दाबी छ ।
यससँगै उपभोक्तालाई निर्माणाधीन वा सम्पन्न भइसकेको घरको थ्रीडी डिजाइन दिइनेछ । जसले उपभोक्तालाइ आफ्नो घरको बाह्य वा भित्री भागमा कस्तो रंग आकर्षक हुनेछ भन्ने जानकारी दिई रंग छनौटमा सघाउने छ ।
‘हामीले थ्रीडी डिजाइन निशूल्क गरिदिनेछौं, जसले उपभोक्तालाई भिन्न रंगबाट सजिएका घरको मोडल उपलब्ध हुनेछ’ पौडेलले सुनाए ।
त्यस्तै, धरधनीलाई आवश्यक कन्सल्ट्यान्ट सेवासमेत निशूल्क उपलब्ध गराउने पौडलले उल्लेख गरे ।
यस सेवाले घरधनीलाई रंगको छनौट, गूणस्तर, उत्पादनका प्रकार र त्यसका फाइदाबारे सुझाउँदै रंगरोगन गर्दा आवश्यक पर्ने सामग्री र जनशक्तिबारे जानकारी दिने उनको भनाई छ । साथै, उपभोक्ता वा धरधनीलाई आवश्यक काउन्सिलिसमेत दिइने पौडेल बताउँछन् ।
पेन्ट्सको बिक्रेता वा डिपो राख्न चाहनेकालागि कम्पनीबाटै बिभिन्न योजना र अफर राखिएको भन्दै उनले व्यावसायिक सहकार्यमा जोडिने प्रदेशका व्यवसायी उत्तिकै लाभान्वित हुने उल्लेख गरे । पौडेलका अनुसार डिजिटल पेन्ट्सका उत्पादन उपभोक्ता र व्यवसायी दुबैका हितमा रहेको छ ।
‘तपाईलाई घर सजाउन वा व्यवसाय गर्न, दुबैमा कम्प्लिट ग्रूप प्रालि हातेमालो गर्न तयार छ’ उनले प्रतिबद्धता जनाए ।
कम्पनीले रंगको गुणस्तरलाई अझ आकर्षक र दीगो बनाउन आवश्यक जनशक्तिलाइ थप दक्ष बनाउनेतर्फ पनि काम अघि बढाएको उनले बताए ।
रंगको गुणस्तरलाई पेन्टरले बुझेर काम गर्न नसक्दा उचित नतीजा नआउनेतर्फ सचेत रहेको पौडेल बताउँछन् । ‘पेन्टरलाई आवश्यक तालिम, प्रशिक्षण र प्रविधिगत ज्ञान दिएरमात्र फिल्डमा खटाउने गरेका छौं’ उनले भने ।
पेन्ट्सका इन्टरियर र एक्स्टरियर इमल्सन, वाल गार्ड ड्याम्प प्रुफ, वाल गार्ड रोयललगायतका उत्पादन चर्चित छन् । यससँगै पेन्ट, प्राइमर, पुट्टी, डिस्टेम्पर र इनामेल्स पनि उपभोक्ताको रोजाइमा परेका छन् ।







