धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले सरकारसँग जनप्रतिनिधिको तलब कटौती गर्न माग गरेका छन् ।
राजनीतिक विशुद्ध समाजसेवा भएको भन्दै हमालले समाजसेवा गरेवापति तलब नै लिन नमिल्ने भन्दै यस्तो माग गरेका हुन् ।
भिडियामार्फत प्रमुख हमालले भनेका छन् ‘जनप्रतिनिधिलाई तलब दिइनु हुँदैन भनेर आवाज उठाएको छु, सम्पूर्ण देशवासीले मेरो आवाजलाई अझ बढी प्रचार र समर्थन गरिदिनुहोला ।’
‘स्वयंसेवा गर्छु भनेर आउनेले तलब भत्ता पाउने रहेछन्’ उनले भने ‘अनि राजनीतिलाई पेशा बनाएको पाए, यो गलत छ ।’ आफ्नो लागि कमाउने थुप्रै काम भएको तर राजनीति नभएको उनको भनाई छ ।
काम गरेको मासिक तलब हैन, विशेष दिनमा योगदान गरेको भत्ता दिए हुने धारणा राख्दै तलब खान पाउने भएकाले नै राजनीतिमा आकर्षण देखिएको उनले बताए । रेमिट्यान्सले चलेको देशमा जनप्रतिनिधिले तलब खान नमिल्ने उनको तर्क छ ।
‘नयाँ सरकारलाई, बहुमतको सरकारलाई मेरो अनुरोध छ, तलब नदिइयोस्, काम गरेवापत केही भत्ताकामात्र व्यवस्था गरियोस्, मेरो माग छ’ हमालले अनुरोध गरेका छन् ।







