लेखनाथ मालपोतमा जग्गा पास गर्न गएका शिक्षकलाई ‘बिचौलिया’ भन्दै समातेपछि …

जिल्ला प्रहरी कार्यालयले आइतबार मालपोत कार्यालय, लेखनाथबाट बिचौलियाको आरोपमा ५ जनालाई पक्रेको छ ।

इलाका प्रहरी कार्यालय, शिशुवाको टोलीले सेवाग्राहीलाई हैरान पारेको सूचनाकोआधारमा उनीहरुलाई पक्राउ गरेको हो । जसमध्ये ५ जनालाई आइतबारै छाडिएको छ भने अन्य अनुसन्धानका नाममा नियन्त्रणमा रहे ।

छाडिएकामध्ये एक हुन् । कुलदिप तिवारी । पेशाले शिक्षक तिवारी ४ आना जग्गा पास गराउन मालपोत पुगेका थिए । सोही बेला प्रहरीले बिचौलिया भन्दै पक्रेको बताउँछन् ।

शिक्षक तिवारीले भनेका छन् ‘म मेरो कामको पालो पर्खिरहेकाबेला प्रहरीले ‘तपाई बिचौलिया हो’ भन्दै भ्यानमा हालेर चौकी लग्यो ।’

तिवारीले जिप्रका, कास्कीले प्रेसलाई दिएको सूचनामा प्रतिवाद गर्दै भनेका छन्ः

म आज जीवनमै पहिलो पटक लेखनाथ मालपोत छिरेको मानिस । म शिक्षक । १८-२० बर्ष पहिला काकाले दिएको ४ आना जमिन मेरो नाममा ल्याउनु पर्ने थियो । काम भैरहेको थियो । म कुर्चीमा बसिरहेको अबस्थामा तपाईं बिचौलिया हो भन्दै भ्यानमा हालेर चौकी लगियो ।

म शिक्षक हुँ । मेरो काम भैरहेको छ भन्दा नि मान्नुभएन। झोलामा भएका धेरै प्रकार का कार्डहरु देखाउदा नि बहादुर पुलिसहरुले जबर्जस्ती चौकी लगे । लामो केर्कार गरे । पछि जमिन बेच्ने काकालाई चौकी बोलाएर जिम्मा लगाए। हतार हतार पुन मालपोत गैयो। तर समयले साथ दिएन । भोलि आउनु ढिला भयो भन्नुभो।

अब मलाइ भोलि स्कुल जानू छ । एउटा काम लाई कति दिन बिदा लिनु ? पुलिसले अनावश्यक दुख दिएको कारण मेरो काम रोकियो। अहिले प्राउड महसुस गर्दै बिचौलिया को ट्याग लगाइदिनु भएछ । धन्यबाद जिल्ला प्रहरी कार्यालय, कास्की ।

जिबनमै पहिलो पटक मालपोत छिर्दाको अनुभव तितो बनाइदिनुभएको मा बालेन सरकार र नेपाल प्रहरीप्रति आभार ब्यक्त गर्न चाहन्छु।

Scroll to Top