पोखरा । सिटीवान टेलिभिजनको आयोजनामा नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा क्यालेन्डर सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले नयाँ सरकारलाई पर्याप्त अवसर रहेको बताउँदै सफल बनाउन आफूहरू सघाउन तयार रहेको बताए ।
कार्यक्रममा सूर्यप्रसाद गुरुङले सिटीवान टेलिभिजनको छोटो समयमै गरेको कामको प्रशंसा गरे भने सूर्य बहादुर भुजेलले नयाँ सरकारप्रति आशा व्यक्त गर्दै निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।
त्यस्तै बलराम आचार्यले सरकारका योजनाको कार्यान्वयनमा जोड दिए भने उमराज बास्तोलाले निजी क्षेत्र उत्साहित रहेको उल्लेख गरे ।
गोपी बहादुर भट्टराईले पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिकाको प्रशंसा गर्दै सहकार्यको प्रतिबद्धता जनाए भने विक्रम कर्माचार्यले व्यवसाय क्षेत्रमा देखिएका समस्याप्रति ध्यानाकर्षण गराए ।
कार्यक्रम टेलिभिजनका उपाध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बोर्ड अफ डाइरेक्टर सुदिप प्रधानाङ्गले सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सञ्चालन प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले गरेकी थिइन् ।
कार्यक्रममा क्यालेन्डर विमोचनसँगै विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।







