जिएमसीका वरिष्ठ न्यूरोसर्जन रोकालाई क्षेत्री समाजको सम्मान

पोखरा । डा. यामबहादुर रोकालाई क्षत्री समाज, बाग्लुङले सम्मान गरेको छ ।

समाजको १८ औं वार्षिक साधाणसभा र छैठौं अधिवेशनको अवसरमा डा. रोकालाई बाग्लुङमा सम्मान गरिएको हो ।

समाजका अध्यक्ष रुद्रबहादुर महतले डा. रोकालाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरे । साधारणसभागमा विशेष अतिथिकारुपमा

आमन्त्रित रोकालाई सम्मानपश्चात अध्यक्ष महतले स्वास्थ्य क्षेत्रमा रोकाले पुर्याएको योगदानकोसमेत चर्चा गरे ।

सम्मान ग्रहणपश्चात् डा. रोकाले आफ्नै भूमिमा समाजले गरेको सत्कारबाट स्वास्थ्य सेवामा झनै कटिबद्ध र जिम्मेवार हुन उर्जा मिलेको धारणा राखे ।

‘समाजले ओढाईदिएको दोसल्लाले अपनत्वमात्र बाँडेको छैन, झनै कर्मशील र उत्तरदायी हुन प्रेरणा दिएको छ’ रोकाले भने ।

पोखराको गण्डकी मेडिकल कलेजमा कार्यरत रोका वरिष्ठ न्यूरोसर्जन हुन् । डा. रोका नेपालमा गिनेचुनेका न्यूरोसर्जनमध्ये एक हुन् ।

मस्तिष्क र नशासम्बन्धी उपचार एवं शल्यक्रियामा करिब २१ वर्षको अनुभव संगालेका रोका राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मानबाट विभुषित छन् ।

Scroll to Top