‘ओली, लेखक पक्राउ आयोगको सिफारिसबाट हैन घाइते र मृतक परिवारको जाहेरीबाट’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेको छ ।

ओली र लेखकलाई प्रतिशोधपूर्ण तवरले पक्राउ गरिएको भन्दै नेकपा एमालेले सडक आन्दोलन सुरु गरेपनि वास्तवमा उनीहरुलाई मृतक र घाइते परिवारको जाहेरीको आधारमा पक्राउ गरिएको सरकार पक्षको धारणा छ ।

गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित छानबिन आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नै नगरेको हुनाले ओली र लेखकको पक्राउ पीडित परिवारको जाहेरीको आधारमा गरिएको बताइएको छ ।

यद्यपि, प्रतिवेदन मिडियामार्फत सार्वजनिक भएपछि त्यसैलाई आधार मान्न वर्तमान सरकारलाई सजिलो भएको हो ।

पक्राउपछि ओलीलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उनी त्यही भर्ना हुनेछन् ।

यता, लेखकलाई भने थुनामा राखिएको छ । यस प्रकरणमा नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन ।

एमालेले हालै विशेष बैठकमार्फत धारण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

विशेष स्रोतकाअनुसार ओलीको पक्षमा भोली कानूनवीद्हरु अदालत जाने र बन्दी प्रत्यक्षीकरको रिट हालेर रिहा गराउने कसरतमा जुट्ने छन् ।

Scroll to Top