४० बर्षमै प्रेसर सम्हाल्ने कि ६० मा जटिलतासँग जुध्ने ? – डा. ओममुर्ति

वरिष्ठ मुटु रोग विशषज्ञ डा. ओममुर्ति अनिलले उच्च रक्तचापबाट मानव शरिरमा पर्ने जोखिमबारे आफ्ना धारणा शेयर गरेका छन् ।

उच्च रक्तचापलाई बेलैमा नियन्त्रणमा राख्न सके मृगौला, मुटु, मस्तिष्क र आँखालाई सुरक्षित राख्न सकिने एवं बुढेसकालमा सहज जीवन बिताउन सकिने सुझाएका छन् ।

डा. ओममुर्तिले भनेका छन्ः

चालीस वर्षको उमेरमै तपाईंलाई ब्लड प्रेसर देखियो र समयमै औषधी सुरु गर्नुभयो भने, असी वर्षसम्म पनि मृगौला, मुटु, मस्तिष्क र आँखा जस्ता महत्वपूर्ण अंगहरू सुरक्षित रहन सक्छन्। कुनै जटिलता बिना, प्रेसर नियन्त्रणमा राख्दै तपाईंले आरामसँग जीवन अघि बढाउन सक्नुहुन्छ।

तर अर्को व्यक्तिको उदाहरण लिनुहोस्—५५ वर्षमा मात्र ब्लड प्रेसर देखियो, र ६० पुग्दा नै जटिलता सुरु भइहाल्यो। स्वास्थ्य अवस्था बिग्रियो।

अब प्रश्न उठ्छ— ‘चालीस वर्षमै औषधी सुरु गर्नु राम्रो कि ढिला गरेर जोखिम बढाउनु राम्रो ?’

डा. ओममूर्तिका अनुसार, रोगलाई समयमै स्वीकार गरेर उपचार सुरु गर्नु नै बुद्धिमानी हो। “मलाई पनि यही रोग लाग्यो, अरूले जस्तै मैले पनि औषधी खानुपर्छ” भन्ने सोच राखेमा समस्या आउँदैन। ढिलाइ, बेवास्ता र ‘पछि हेरौँला’ भन्ने बानीले नै ठूलो जोखिम निम्त्याउँछ।

Scroll to Top