१७ दिनसम्म चुपचाप सरकार !

जेनजी आन्दोलनका दौरान भएका घटनाको छानबिनपश्चात् बुझाइएको प्रतिवेदन हालसम्म पनि सार्वजनिक नभएकोमा गतिशील लोकतान्त्रिक पार्टीले असन्तुष्टी व्यक्त गरेको छ ।

भदौ २३/२४ का घटनाको सत्य तथ्य बाहिर ल्याउन तथा दोषीलाई कारबाही सिफारिस गर्न गौरी बहादुर कार्कीको नेतृत्वमा गठन गरिएको समितिले छानबिन सकेर नेपाल सरकारलाई रिपोर्ट बुझाएको आज १५ दिन भईसकेको छ भन्दै पार्टीले तुरुन्त सार्वजनिक गर्न माग गरेको छ ।

‘कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस्’, पार्टीले भनेको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार दोषीलाई कारबाहीको माग गर्दै दण्डहीनता अन्त्यको समेत माग गरिएको छ ।

पार्टीले भनेको छ, ‘सरकारले पारदर्शिता र विधिको शासन सुनिश्चितता गरोस् ।’

Scroll to Top