प्राकृतिक चिकित्सालयको अनुगमनमा मन्त्री थापा, १३ करोडमार्फत स्तरोन्नती

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले नवलपुरको रजहरमा सञ्चालित सामुदायिक प्राकृतिक चिकित्सालयको स्थलगत अवलोकन एवं अनुगमन गरेका छन् ।

अवलोकनकादौरान मन्त्री थापाले चिकित्सालयमा प्रदान हुँदै आएका सेवा तथा आगामी दिनमा विस्तार गरिने योजनाबारे जानकारीसमेत लिए ।

हाल संघ र प्रदेश सरकारको करिब १३ करोड लगानीमा यस चिकित्सालयको स्तरोन्नति तथा सेवा विस्तारका कार्यहरू अघि बढिरहेको उनले जानकारी दिएका छन् ।

प्राकृतिक चिकित्सा प्रणाली आजको समयमा अत्यन्त आवश्यक बन्दै गएको भन्दै थापाले औषधिमा मात्र निर्भर नभई जीवनशैली सुधार, योग, ध्यान तथा प्राकृतिक विधिमार्फत रोगको रोकथाम र उपचार गर्न सकिने इंगित गरे ।

सोहीक्रममा उनले चिकित्सालयलाई थप सुदृढ बनाउन आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Scroll to Top