प्रलोभनमा पारेर अनैतिक कार्यमा बाध्य पार्ने दुई जना पोखरामा पक्राउ

पोखरा । कास्की प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ भने चार जना महिलाको उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चैत १ गते साँझ करिब ४ः३० बजे पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो ।

प्रहरीको अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई राम्रो तलब, खानबस्न सुविधा दिने प्रलोभन देखाई होटलमा काम लगाउने र पछि होटलमा आउने पुरुषहरूसँग जबरजस्ती अनैतिक कार्य गराउने गरिएको पाइएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा भारत घर भई हाल पोखरा–१४ चाउथे बस्दै आएका २४ वर्षीय राधेश्याम शाह र बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भई हाल पोखरा–१ बगर बस्दै आएका २८ वर्षीय खेमु थापालाई पक्राउ परेका हुन ।

प्रहरीले दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीले घटनास्थलबाट चार जना महिलाको सुरक्षित उद्धार गरिएको समेत जानकारी दिएको छ ।

Scroll to Top