पोखरा । यही चैत २८ गते आयोजना हुन लागेको पोखरा रात्रि दौड प्रतियोगिता का लागि मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, रानीपौवा ‘हस्पिटल पार्टनर’ बनेको छ । यस सम्बन्धमा हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र प्रतियोगिता संयोजक दीननाथ बरालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार प्रतियोगिताको समयमा हस्पिटलले निःशुल्क एम्बुलेन्ससहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । साथै हस्पिटलले खुलातर्फको तेस्रो पुरस्कार पाँच हजार रुपैयाँ प्रायोजन गर्ने पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले जानकारी दिए ।
पोखरामा पहिलोपटक आयोजना हुन लागेको ५ किलोमिटर दूरीको रात्रि दौड वाराही घाटबाट सुरु भई न्यूरोड, महेन्द्रपुल हुँदै झण्डापार्कमा पुगेर समापन हुनेछ । प्रतियोगितामा खुलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।







