पोखरा । काठमाडौं बाहिर पहिलोपटक पोखरामा आयोजना गरिएको आरओजी सटडाउन सिरीजमा अमन गुरुङ च्यापियन बनेका छन्।
नागमणि प्रालि र आसुसको सहयोगमा जेनेक्स अटोमेसनमा भएको प्रतियोगितामा राजन लामा दोस्रो बने । गुरुङ र लामाले क्रमशः २० हजार र १० हजार नगदसहित उपहार प्राप्त गरे । उनीहरुलाई जेनेक्सका सञ्चालक नवीन पौडेल, कल्पना कार्की, आसुस नेपालको तर्फबाट सुरेश रौनियार लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखराका गेमिङ पारखीलाई लक्षित गरी गेमिङ प्रतियोगिता आयोजना गरिएको कार्यक्रममा लोकप्रिय फुटबल भिडियो गेम इएएफसीमा ६४ खेलाडीको सहभागी रहेको थियो ।
गेमिङ क्षेत्रमा आफ्नो क्षमता देखाउन चाहने खेलाडीलाई प्रतियोगितामा विशेष अवसर बनेको असुस नेपालका रौनियारले बताए । जेनेक्स अटोमेसनका सञ्चालक पौडेलले नेपालमा बढ्दो ई–स्पोट्र्स संस्कृति र युवामाझ लोकप्रिय बन्दै गएको गेमिङ गतिविधिलाई प्रोत्साहन गर्न प्रतियोगिता गरिएको जनाए ।
जेनेक्स अटोमेसन पोखरा केन्द्रित सूचना प्रविधि, अटोमेसन र आधुनिक इलेक्ट्रोनिक्स उपकरणहरू बिक्री तथा सेवा प्रदान गर्ने कम्पनी हो ।
कम्पनीले कम्प्युटर हार्डवेयर, गेमिङ उपकरण, स्मार्ट अटोमेसन प्रणाली, नेटवर्किङ समाधान लगायतका प्रविधिसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
पोखरासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा आईटी तथा इलेक्ट्रोनिक्स उत्पादनहरूको आपूर्ति र प्राविधिक सेवासमेत यसले दिन्छ ।
जेनेक्सले प्रविधि क्षेत्रको विकाससँगै युवालाई डिजिटल सीप, गेमिङ र नयाँ प्रविधिसँग जोड्ने विभिन्न कार्यक्रम तथा गतिविधि पनि सञ्चालन गर्दै आएको छ । उक्त पुरस्कार वितरण कार्यक्रम सञ्चालन भानु लम्सालले गरेका थिए ।







