पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा पोखरा महानगरपालिकाका पूर्व मेयर कृष्ण थापाको आकस्मिक निधन भएको छ ।
पार्टी कामका क्रममा एमालेको पार्टी कार्यालयमा क्षेत्र नम्बर १ समन्वय कमिटीको बैठकलाई सम्बोधन गरेलगत्तै थापा अचानक ढलेका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई तत्काल मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।
अस्पतालमा चिकित्सकहरूले उपचारका लागि प्रयास गरे पनि उनलाई बचाउन नसकिएको बताइएको छ । प्रारम्भिक जानकारी अनुसार उनलाई हृदयघात (हार्ट अट्याक) भएको थियो ।
लामो समयदेखि राजनीतिमा सक्रिय थापा पोखराको विकास र स्थानीय राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित थिए ।







