भारतको विस्फोटक ब्याटिङ, न्यूजिल्याण्डलाई २५६ रनको लक्ष्य

पोखरा । टी–२० विश्वकपको फाइनलमा भारतले न्यूजिल्याण्डलाई २५६ रनको विशाल लक्ष्य दिएको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाउँदै २५५ रन बनायो ।

भारतका लागि सन्जु सामसनले ४६ बलमा ८९ रनको शानदार इनिङ खेले भने अभिषेक शर्माले २१ बलमा ५२ रन बनाए । त्यस्तै इशान किशनले २५ बलमा ५४ रन जोड्दा शिवम दुबे ८ बलमा २६ रन बनाउँदै अविजित रहे । न्यूजिल्याण्डका लागि जेम्स निशमले ३ विकेट लिए ।

भारत उपाधि ह्याट्रिकको लक्ष्यमा रहेको छ भने न्यूजिल्याण्ड पहिलो पटक टी–२० विश्वकप जित्ने लक्ष्यको साथ फाईनल भिड्दै छ ।

Scroll to Top