पोखरा । सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
यस निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ भारी मतान्तरले विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई निकै पछाडि पार्दै ३५,७४१ मत प्राप्त गरी ऐतिहासिक जित दर्ता गराएका हुन् ।
निर्वाचनको रोचक प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ दोस्रो स्थानमा रहिन् । उनले २७,२४९ मत प्राप्त गरिन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार टीकाराम लिम्बुले ६,४६३ मत प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई ६,१८५ मतमा सीमित भए । नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले भने ३,९७० मत मात्र प्राप्त गर्न सफल भए ।







